घरेलू अर्थव्यवस्था (घरेलू बजेट)ले तपाईंको आय र व्ययको स्थिति बुझाउँछ। तपाईंको बजेटको आधारमा, तपाईंको घरेलु अर्थव्यवस्थाले आय कम हुँदा पनि हानि वा अधिशेष देखाउन सक्छ।
कोरियामा, हामीलेसिक्का (KRW 10, KRW 50, KRW 100 र KRW 500) रकागजीमुद्रा (KRW 1,000, KRW 5,000, KRW 10,000 र KRW 50,000) प्रयोगगर्दछौं। KRW 100,000 वात्योभन्दाबढीमूल्यकाबैंकचेकहरूपनिव्यापकरूपमाप्रयोगगरिन्छ।









तपाईंलाई 1,000 वोन, 5,000 वोन, 10,000 वोन र 50,000 वोनले के के गर्न सक्नुहुन्छ भन्ने लाग्छ, तपाईंले केहि खरीद गर्ने विचार गर्नु पर्दा आफ्नो देशको मौद्रिक मूल्यसँग कोरियाको मौद्रिक मूल्यको तुलना गर्नुहोस्।
बिस्कुट एक प्याकेट वा आइसक्रिम 1,000~2,000 वन (KRW)
एउटा अमेरिकानो कफीको कपको मूल्य 2,000 देखि 4,000 वोनसम्म हुन्छ
दाल भात, नेंग्म्योन जस्ता खाना 8,000~10,000 वन (KRW)
सुँगुरको मासु 500g 10,000 वन (KRW)
चामल एक बोरा (20 KG) 55,000 वन (KRW)
हामीले कुनै योजना बिना किनमेल गर्यौं भने, हामीले एकदमै अनावश्यक वस्तुहरू किन्छौं। हाम्रो खर्च हाम्रो आयभन्दा बढी भएमा हामीलाई कष्ट हुनेछ। त्यसैले, तपाईंले किनमेल गर्नुअघि योजना सुनिश्चित गर्नुहोस्।
किनमेल गर्न जानुभन्दा अघि सामानको सूची बनाउनुहोस्।
कहाँ र कति किनमेल गर्ने भन्ने निर्णय गर्नुहोस्।
सुविधाजनक पसल 24 घण्टा खुला रहन्छन्, र खाद्य पदार्थ सहित विविध वस्तुहरू बेच्छन्। यी पसलहरु साना हुन्छन्, तर हामीले चाहेका वस्तुहरू सजिलैसँग पाउन सक्दछौं। हामीलाई एक-दुईवटा सामानहरू तत्काल किन्नु पर्दा यी पसलहरू धेरै उपयोगी हुन सक्छन्।
खाद्य पदार्थ, कपडा र वस्तुहरु विक्रेताहरू परम्परागत बजारमा भेला हुन्छन्। तिनीहरूले सस्तो मूल्यमा सामान उपलब्ध गराउँछन्, र मूल्य र मात्रामा भाउ घटाउन सकिन्छ। हामीले बजारमा कोरियाली मान्छेको जीवन देख्न सक्छौं।
सुपरमार्केटमा नाश्ता, तरकारी, मासु र पेय पदार्थ पाइन्छन्, र यिनीहरू छेउछाउमा धेरै हुनाले किनमेल गर्न सजिलो हुन्छ।
डिपार्टमेन्ट पसलले लुगा, खाद्य पदार्थ, इलेक्ट्रनिक्स, कस्मेटिक सामानहरु र गहना सहित विविध प्रकारका वस्तुहरूको व्यवस्था गर्दछ। सुविधाहरू र सेवाहरू उत्कृष्ट हुन्छन् र उत्पादनहरुको गुणस्तरीय हुनाले मूल्य पनि महँगै हुन्छ। विभागीय पसलले धेरैजसो सेल लगाउँछन्, र यस समयमा हामीले सस्तो मूल्यमा सामानहरू किन्न सक्छौं।
डिपार्टमेन्टल पसलहरु जस्तै, ठूला सुपथ पसलहरुले खाना, लुगा, इलेक्ट्रनिक्स र सामानहरु सहित विविध वस्तुहरू प्रदान गर्दछन्। उत्पादनको गुणस्तर उत्कृष्ट हुन्छ, र सुविधा र सेवा पनि राम्रो हुन्छ।
टीभीमा वस्तुहरूको विज्ञापन हेरेपछि टेलिफोन वा इन्टरनेट मार्फत उत्पादनहरुको लागि अर्डर गर्न सम्भव हुन्छ, र लुगा, सौदा, कस्मेटिक्स, इलेक्ट्रनिक्स, बीमा आदि जस्ता सामानहरूको विस्तृत चयन गरेर किन्न सकिन्छ। टीभी होम सपिङ धेरै सुविधाजनक हुन्छ, तर आवेगमा आएर अनावश्यक सामान किन्नबाट जोगिनुहोस्।
अनलाइन सपिङ्ग मलमार्फत, हामीले अनलाइन अर्डर गरेर धेरै प्रकारका वस्तुहरू किन्न सक्छौं। तर वस्तुहरू वास्तवमा भएका रंग वा साइज भन्दा स्क्रिनमा फरक देखिन सक्ने हुनाले सावधान साथ राम्ररी हेरेर बिक्रिकर्ता संग जा नकारी लिनु बेश हुन्छ।
हामीले नगद, चेक, क्रेडिट कार्ड, डेबिट कार्ड र उपहार प्रमाण पत्रद्वारा भुक्तानी गर्न सकिन्छ।


वस्तुहरूको मूल्य र गुणस्तर तुलना गर्नुहोस्, र खाद्य उत्पादनको म्याद समाप्त हुने मिति जाँच गर्नुहोस्। हामीले मूल्यहरु उचित छन् वा छैनन् भन्ने जाँच गर्न आवश्यक छ। तपाईंले विनिमय वा फिर्तीका लागि आवश्यक पर्न सक्ने यो रसिद केही किनेपछि राख्न सुनिश्चित गर्नुहोस्।

सरसमान किन्न, अनपेक्षित संकटहरू तथा भविष्यमा अवकाशका लागि तयारी गर्न, घर किन्न, बालबालिकाको शिक्षाको लागि खर्च गर्न जस्ता आदि कार्य गर्न सक्षम हुनका लागि बचत गर्नु आवश्यक हुन्छ। पैसा बचत सुरु गर्नको लागि बैंकमा खाता खोल्नुहोस्

स्मार्ट फोनबाट बैंकिंग गर्नुलाई भनिन्छ। हिडिरहेको अवस्थामा पनि प्रयोग गर्न सकिने हुनालेइन्टरनेट बैंकिंग भन्दा राम्रो फाइदा छ।
तपाईंले ब्याङ्क र डाकघर जस्ता सार्वजनिक ब्याङ्किङ् एजेन्सीहरूद्वारा सबैभन्दा सुरक्षित रूपमा पैसाको चलानी गर्न सक्नुहुन्छ। धेरै मानिसहरूले चलानी गर्नको लागि ब्याङ्कहरू भन्दा निजी सेवा प्रदाता (वा दलाल)को बढी उपयोग गर्दछन्। तिनीहरूको सेवा छिटो र सजिलो हुन्छ, तर तपाईंले यी सेवाहरूको उपयोग आफ्नै जोखिममा गर्नु पर्छ। चलानीको पैसा लिएर भाग्ने दलालका मामिलाहरू कम छैनन्। यस्तो दुर्घटना एकपल्ट भएपछि, तपाईंको पैसा फिर्ता पाउने कुनै बाटो हुँदैन। तपाईंलाई यसैले निजी सेवा प्रदायकको उपयोग नगर्न सिफारिश गरिन्छ।
आवाज फिसिङ एउटा जालसाजी कार्य हो जसमा झूटो जानकारी फोन वा एसएमएस मार्फत व्यापारी ग्राहकहरुलाई पठाइन्छ, र ग्राहकहरु नगद दिएर वा पैसा जम्मा गरेर आफ्नो पैसा चोराउन प्रेरित हुन्छन्।
यस प्रकारको जालसाजीमा, आमाबाबुबाट पैसा चोर्नको लागि, एउटा बच्चाको वा उसका आमाबाबुको टेलिफोन नम्बर जान्ने अपराधीले कलर नम्बरलाई गलत बनाएर उनीहरूका बच्चाको फोनबाट आएको झैं देखिने बनाउँछन् र बच्चाको दुर्घटना भएको वा अपहरण भएको खबर दिन्छन्। सामान्यतया अपराधीहरूले विद्यालय जाँदै गरेको बच्चाको अपहरण भयो, सैन्य सेवामा कार्यरत छोराको दुर्घटना भयो, या विदेशमा अध्ययन गर्ने बच्चाको दुर्घटना भयो वा अपहरण गरियो आदि भनेर बाबुआमालाई विभिन्न निहुँ पारी जालसाजीमा फँसाउने गर्छन।
कुनै अपराधीले तेस्रो पार्टीको अनलाइन मेसेन्जर आईडी र पासवर्ड थाहा पाउँछ र सो जानकारीको प्रयोग गरेर लग इन गर्छ। त्यसपछि उसले मेसेन्जरमा दर्ता भएका परिवारका सदस्य वा मित्रलाई "आपतकालीन” स्थिति देखाउँदै पैसाको माग गर्छ। उनीहरूले व्यक्तिगत च्याट गरेर वा मेमोद्वारा कुनै ट्राफिक दुर्घटना वा अन्य दुर्घटनाको व्यवस्था मिलाउनको लागि आपत परेको समस्या देखाउँछन्। पीडितले यदि पैसा पठाएमा अपराधीले सजिलैसँग पैसा राख्दछ।
कुनै आपराधीले वित्तीय संस्था वा वित्तीय प्रबन्ध सेवा मार्फत पठाइएको सन्देश झै गरेर सूचना पठाउँछ र पीडितलाई फिसिङ वेबसाइटमा आकर्षित गर्दछ। उसले वेबसाइटमा प्रवेश गरेपछि, उसलाई अपराधीले लोन सुरक्षित गर्नको लागि प्रयोग गर्न उसको व्यक्तिगत वित्तीय जानकारी प्रविष्ट गर्न उत्साहित गर्दछ।
एउटा आपराधीले 50देखि 70वर्षका कुनै वरिष्ठ नागरिकले टेलिब्याङ्किङ् सेवाको सदस्यता लिएको छ भन्ने जानकारी प्राप्त गर्दछ, वा वरिष्ट नागरिकलाई टेलिब्याङ्किङ् सेवाको सदस्यता लिनको लागि प्रेरित गर्दछ। अपराधीले टेलिब्याङ्किङ्को जानकारी (बासिन्दा दर्ता नम्बर, चलानीको पिन कोड, ब्याङ्क खाताको पिन कोड, सुरक्षा कार्डको क्रम संख्या र सुरक्षा कार्डमा भएको सुरक्षा कोड), आईडीको दुरुपयोग, डाटाको खुलासा, आपराधिक मामलामा संलग्नता आदिबाट बचाउने वा उत्तर दिने निहुँमा प्राप्त गर्दछन्। अपराधीले पीडितको खाताबाट आफ्नो खातामा पैसाको चलानी गर्छन।
एउटा अपराधीले पीडितलाई बोलाउँछ, कुनै जाँच सङ्गठनको कर्मचारीको रूपमा नक्कली मान्छे पठाउँछ, पीडितलाई कुनै अपराध (दुर्घटना)मा सङ्लग्नता भएको बहाना बनाएर एटीएममा पठाउँछ र अपराधीको खातामा पैसा पठाउन पीडितलाई प्रेरित गर्छ।
अपराधीले आईडीको दुरुपयोग, डाटाको खुलासा वा कुनै अरराधमा सङ्लग्नताको निहुँ बनाएर क्रेडिट कार्डको जानकारी (क्रेडिट कार्ड नम्बर, पिन कोड र सीभीसी) हासिल गर्छ। अपराधीले एआरएस(ARS)को प्रयोग गरेर पीडितको नाममा भएको कार्ड लोन आफुले प्रयोग गर्दछ, जबकि अपराधको धन पीडितको खातामा चलानी गरिएको थियो भन्ने रिपोर्ट गर्न पीडितलाई बोलाइन्छ र पीडितले अपराधीको खातामा पैसा चलानी गर्छ।
कृपया प्रहरीलाई (☎112) मा, किसा(KISA)लाई (☎118) मा वा वित्तीय प्रबन्ध सेवालाई (☎1332) मा कल गर्नुहोस्।