01बसहरू
कोरियामा सिटी बसहरू, लामो दूरीका बसहरू र एक्सप्रेस बसहरु छन्। लामो दूरीका बसहरू र एक्सप्रेस बसहरूका लागि तपाईंले अग्रिम टिकट किन्नु आवश्यक पर्छ। बसमा चढ्नुभन्दा अघि प्रस्थान र गन्तव्यको जाँच गर्नुहोस्।
(1)सिटी बसहरू
सिटी बसको प्रयोग गर्दा
- तपाईंले बसको सवारी गर्दा यातायात कार्डको प्रयोग गर्नुहोस् वा नगद भुक्तानी गर्नुहोस्।
- तपाईंले बस स्टप वा सबवे स्टेशन वरिपरिका पसलहरुबाट यातायात कार्ड किन्न सक्नु हुनेछ। यातायात कार्डहरू KRW 1,000का एकाईहरूमा KRW 50,000को माथिल्लो सीमासम्म, नगद दिएर रिफिल गर्न सक्नु हुनेछ।
- वर्तमानमा, क्रेडिट कार्डमा बिलम्ब गरेर भुक्तानी गर्ने यातायात कार्डको कार्य पनि थपिएको छ।
- तपाईंले यातायात कार्डको प्रयोग गरेमा एएच(AH) भाडामा छूट पाउनु हुनेछ। तपाईंले बस वा सबवे स्थानान्तरण गर्दा स्थानान्तरण भाडा लागू हुनेछ।
शहरी बसहरूका भाडा र लक्षणहरू
शहरी बसहरूका भाडा र लक्षणहरू | प्रकार | भाडा | विशेषता |
| सामान्य बस | 1,500 वोन | 1,500 वोन |
| विस्तृत क्षेत्र बस | 3,000 वोन | 3,000 वोन |
| सहरी | 1,200 वोन | 1,200 वोन |
- माथिको तालिकाले साउल क्षेत्रको नगद मूल्य देखाउँछ तर अन्य क्षेत्रको मूल्यमा फरक पर्न सक्छ। तसर्थ, सम्बन्धित शहरको बोरो कार्यालयको ट्राफिक जानकारी वेबसाइटहरूमा हेर्नुहोस्।
उपयोगी जानकारी
सिओलको सहर भित्र चल्ने बसहरू
-
- मुख्य मार्ग बस
- मुख्य बस लेन प्रयोग गरी बाहिरी क्षेत्रबाट सिओल शहर भित्र पुग्छ।
-
- सहायक बस
- शहरका प्रमुख मेट्रो स्टेशन वा बस टर्मिनलहरूलाई जोडेर चल्छ।
-
- महानगरीय बस
- सिओल केन्द्र र वरिपरिको उपग्रह शहरमा आवागमनका लागि विशेष एक्सप्रेस बस हो।
-
- परिक्रमा बस
- शहर घुम्दै प्रमुख रेल स्टेशन, व्यापारिक, पर्यटन र किनमेल क्षेत्रमा रोक्छ।
-
- माइक्रोबस (छोटो गाउँ बस)
- रेल्वे स्टेशन, महानगरीय बस ट्रान्जिट, वा आवास क्षेत्रमा जोड्ने सानो बस हो।
-
- एम–बस (महानगरीय द्रुतगतिमा चल्ने बस)
- राजधानी क्षेत्रमा जाम कम गर्न र छिटो यात्राका लागि केवल ५ किमी भित्रका थोरै स्टपमा मात्र रोकिन्छ।
स्थानान्तरण प्रणाली (बस वा मेट्रोमा चढ्दा र ओर्लिँदा यातायात कार्ड मेसिनमा कार्ड टच गर्नुहोस्)
सबै क्षेत्रमा बस र मेट्रो चल्ने ठाउँमा लागू हुने प्रणाली हो। बस वा मेट्रो बदल्दा, यात्राको दूरीअनुसार भुक्तानी गर्ने छुट प्रणाली हो। यदि स्थानान्तरण प्रणाली प्रयोग नगरी नगद तिरेर बस चढ्दा, हरेक पटक भाडा तिर्नुपर्छ। तर यातायात कार्ड प्रयोग गरेर स्थानान्तरण प्रणाली लागू गर्दा, बस वा मेट्रो बदल्दा पनि 10km भित्र थप शुल्क तिर्नुपर्दैन। तर 10km भन्दा बढी भए प्रत्येक 5km मा 100 वोन थप शुल्क तिर्नुपर्छ। क्षेत्र अनुसार छुट प्रणालीमा फरक पर्न सक्छ। बस वा मेट्रो ओर्लेपछि 30 मिनेट भित्र चढ्नुपर्छ भने मात्र स्थानान्तरण मान्य हुन्छ (राति 9 बजे देखि बिहान 7 बजे सम्म 1 घण्टा भित्र)।
(2)टाढाका बसहरू र एक्सप्रेस बसहरू
बस कसरी प्रयोग गर्ने
- तपाईंले अन्य क्षेत्रका शहरहरूमा जानका लागि तल दिएका सूचीमा हेरेर बस टर्मिनलमा गएर बसमा चढ्नुहोस्।
- इन्टरसिटी बसहरू एकै मार्गमा पर्ने धेरै शहरमा रोकिन्छन्, र एक्सप्रेस बसहरूभन्दा यिनीहरूमा यात्राको लामो समय लाग्छ।
- एक्सप्रेस बस एक शहर मात्र गई साधारण एक्सप्रेस बस र बिसेस एक्सप्रेस बस, प्रिमि अमएक्सप्रेस बस छन। बिसेस एक्सप्रेस बसको सिट अन्तर फराकिलो र आरामदायी हुन्छ, प्रिमिअम एक्सप्रेस बसको फराकिलो र सिट बिचमा टेबल हुन्छ र हरेक सिटमा मोनिटर भएर फिल्म, TV आदि को मनोरंजन लिन सकिन्छ। भाडा चाही प्रिमि अम, विसेस, साधारण एक्सप्रेस गरि क्रमस महँगो छ।
सिटी बस टर्मिनल
अन्तर शहर बस वा एक्सप्रेस बस प्रयोग गर्दा यात्रुहरुले सम्बन्धित गन्तब्यमा पुग्ने बस रहेको सिटी टर्मीनलमा जानु पर्दछ। कोबस (www.kobus.co.kr) तथा अन्तर शहर बस बुकिङ (txbus.t-money.co.kr) जस्ता वेबसाइटबाट बस संचालन सम्बन्धि जानकारी लिन र बसको टिकट बुकिङ गर्न सकिन्छ।
सिटी बस टर्मिनल | बस टर्मिनल | सम्पर्क | बस टर्मिनल | सम्पर्क |
| साउलएक्सप्रेसबसटर्मिन | 1688-4700 | पश्चिम डेगू एक्सप्रेस बस टर्मिनल | 1666-2600 |
| दोङसउल एकिकृत बस टर्मिनल | 1688-5979 | उल्सन एक्सप्रेस बस टर्मिनल | 1688-7797 |
| केन्द्रीय सिटी टर्मिनल होनम (Honam) लाइन | 02-6282-0114 | ग्याङ्गनेवाङ्ग एक्सप्रेस बस टर्मिनल | 033-641-3184 |
| साङ्बोङ इन्टरसिटी बस टर्मिनल | 02-323-5885 | सोकचो एक्सप्रेस बस टर्मिनल | 033-631-3181 |
| साउल नाम्बु बस टर्मिनल | 1688-0540 | चुन्चेयन एक्सप्रेस बस टर्मिनल | 033-256-1571 |
| सुवन एकिकृत बस टर्मिनल | 1688-5455 | छङजु इन्टरसिटी बस टर्मिनल | 1688-4321 |
| इन्छन एकिकृत टर्मिनल | 1666-7114 | मोक्पो एकिकृत बस टर्मिनल | 1544-6886 |
| आनसान बस टर्मिनल | 1666-1837 | जेयनजु एक्सप्रेस बस टर्मिनल | 063-277-1572 |
| युइजेङ्बु बस टर्मिनल | 1688-0314 | ग्वाङजु एकिकृत बस टर्मिनल | 062-360-8114 |
| देजन एकिकृत बस टर्मिनल | 1577-2259 | येवसु इन्टरसिटी बस टर्मिनल | 1666-6977 |
| छनान एकिकृत टर्मिनल | 041-640-6400 | बुसान एकिकृत बस टर्मिनल | 1577-9956 |
| दोङ देगु टर्मिनल | 1666-3700 | मसान इन्टरसिटी बस टर्मिनल | 1688-3110 |
02सबवे
राजधानी क्षेत्र, बुसान, डेगू, ग्वान्झाउ, डाएजीओन, साथै साउलमा सब वे सञ्चालित छन्। राजधानी क्षेत्रमा हालै कूल 9 वटा मेट्रो लाइनहरु तथा इनछन 1·2 लाइन, बुन्दाङ् (Bundang) लाइन, नयाँ बुन्दाङ् (New Bundang) लाइन, ग्यङइजुङआङ लाइन, एअरपोर्ट रेल आदि सञ्चालित छन्। साउल सब वे लाइनहरू रङ्गद्वारा छुट्याइएका छन्। साउलदेखि टाडा स्थित सिमानाहरूमा स्थि त स्टेशनसहित सबै स्टेशन, आश्रित शहर र विभिन्न लाइनहरु काटेर जाने धेरै स्थानान्तरण स्टेशनहरूलाई विभिन्न प्रतीकहरूले चिन्हित गरिएका छन्। सामान्यतया, सब वेहरू बिहान र साँझ धापिलो समयमा 2~3 मिनेटको अन्तरालमा, र अन्य समयमा 4~6 मिनेटको अन्तरालमा चल्दछन्।
(1)सबवे टिकट र भाडा
सबवे टिकट र भाडा | विभाजन | यातायात कार्ड (रिचार्ज गर्न मिल्ने) | यातायात कार्ड (एक पटक मात्र प्रयोग गर्न मिल्ने) |
| वयस्क | 1,550 वोन | यातायात कार्डमा भन्दा 100 वन अतिरिक्त शुल्क लागू |
| युवा | 900 वोन | साधारण यातायात कार्डको शुल्क एक पटक मात्र लागू |
| बालक | 550 वोन | यातायात कार्ड वा समान शुल्क लागू |
- तालिकाले राजधानी क्षेत्रमा 10कि.मी. भन्दा कम दूरीको को भाडा बताउँछ, तर उपयोग र शुल्क क्षेत्र अनुसार फरक पर्न सक्छ। तसर्थ, सम्बन्धित मेट्रो सञ्चालन संस्थाको वेबसाइट हेर्नुहोस्।
(2)सबवे कसरी प्रयोग गर्ने
- एक पटक सामान्य दुरीको लागि आधारभूत शुल्क 1,550 वोन (10km सम्मको दूरिको लागि), पर्छ भने, दूरि अनुसार अतिरिक्त शुल्क लाग्दछ।
- सबवे ट्रेनहरू हरेक 2~10 मिनेटमा चल्छन, र 5:30 बिहानदेखि मध्यरातसम्म चलिरहन्छन्।
- धेरै सबवे लाइनहरु छ, र विभिन्न स्थानहरुमा स्थित सबवे स्टेशनमा नक्शाहरू सजिलै देख्न सकिन्छ। तपाईंले कोरिया सबवे सूचना केन्द्र वा सबवे कार्यालयबाट खल्ती आकारको नक्शा प्राप्त गर्न सक्नुहुनेछ।
- तपाईंले यातायात कार्ड प्रयोग गरेर भुक्तानी गरेमा सबै सबवे क्षेत्रमा स्थानान्तरण भाडा लागू हुनेछ। तपाईंको क्षेत्रको आधारमा छूटको भिन्नता हुन सक्छ।
- तपाईंले नगद भुक्तानी पनि गर्न सक्नु हुनेछ, तर यदि तपाईंले नगद भुक्तानी गर्नु भएमा स्थानान्तरणको लागि कुनै छुट प्राप्त गर्न सक्नु हुनेछैन। यस कारण, यातायात कार्ड खरीद गर्न सिफारिश गरिन्छ। अपर्याप्त बक्यौताका लागि, तपाईंले बस स्टेशनको टिकट कार्यालय वा सबवे स्टेशनको यातायात कार्ड रिचार्जर मिसिनमा कुनै पनि नगद भराएर कार्ड लोड गर्न सक्नुहुन्छ।
उपयोगी जानकारी
स्वचालित टिकट जारी गर्ने मिसिन
- 1यातायात कार्डको अग्रिम भुक्तानी, एकपटक उपयोग गरिने टिकट जारी गर्नु, वा इच्छित निशुल्क टिकट जारीकरण मध्ये कुनै एउटाको चयन गर्नुहोस्।
- 2गन्तव्य (भाडा) चयन गर्नुहोस्।
- 3चाहेको टिकट सङ्ख्या थिच्नुहोस्।
- 4पैसा हाल्नुहोस्।
- एकपल्ट प्रयोग गर्न मिल्ने टिकटको जसमा भाडा र अलग्गै डिपोजिटको रुपमा तिर्नुपर्दछ अनि डिपोजिट गरेको पैसाचाहि अोर्लेपछि फिर्ता आउदछ। एकपल्ट प्रयोग गर्न मिल्ने टिकटको डिपोजिटको राशी क्षेत्र अननुसार फरक फरक हुन्छ।
- < स्वचालित टिकट जारी गर्ने मिसिन >
शिशु स्तनपान कोठा
सउल, बुसान, देगु, इन्छन , ग्वा ङजु, थेजन आदि मुख्य मेट्रो स्टेशन, रेल स्टेशन हरुमा ‘बच्चा को देखरेख गर्ने कोठा‘, आमा र बच्चा रमाउन सक्ने कोठा‘ आदि नामबाट स्तनपान कोठा सञ्चालित भइरहेको छ।
- यस बारेमा सम्पुर्ण जानकारी चाँहि आफ्नो क्षेत्रको मेट्रो अफिस या कोरेल आदि होमपेजमा हेर्न सक्नुहुन्छ।
(3)सबवेको मानचित्र
पहिलो रेल, अन्तिम रेल, स्टेशनहरू, सञ्चालन समय र सबैभन्दा छोटा मार्गहरूको जानकारी प्राप्त गर्नका लागि, निम्न अध्यायमा उल्लेख गरिएका स्थानीय मेट्रो सञ्चालकहरुका वेबसाइटहरू हेर्नुहोस्।
03ट्याक्सीहरू
ट्याक्सी 24सै घण्टा उपलब्ध छन्। कारका छतको शीर्षमा भएको चिन्हद्वारा तिनीहरू सामान्य कारहरूबीच सजिलै छुट्याउन सकिन्छ। तपाईंले ट्याक्सी स्ट्यान्डमा वा सडकमा उभिएर हात हल्लाएर टेक्सी पाउन सक्नुहुनेछ। तपाईंले कल-ट्याक्सीको प्रयोग गर्न चाहेमा, तपाईंले त्यसलाई वास्तविक भाडा चार्जबाहेक अलग शुल्क (प्राय 1,000 वोन) तिर्नुपर्ने हुन्छ। कोरियाका प्रत्येक क्षेत्रमा धेरै कल-ट्याक्सी कम्पनीहरु आफ्नो व्यापार सञ्चालन गर्छन्।
(1)नियमित ट्याक्सी
अधिकतम 3~4 मान्छेले एकैसाथ एउटा ट्याक्सी लिन सक्छन्, र यसमा भाडा गणनाका लागि टेक्सीमीटर लगाइएको हुन्छ। आधारभूत दरहरू क्षेत्र अनुसार भिन्न हुन्छन्, तर यो सामान्यतया 4,800 KRW (साउलमा 1.6 कि.मी.सम्म) हुन्छ।योसाउलमा 2.400 वोनछ।ट्याक्सीभाडाकोलागिराती 00:00~04:00 को समयमा 20%को अतिरिक्त चार्ज लगाइन्छ।(जुलाई 2025 सम्म)
(2)डिलक्स ट्याक्सी
यी ट्याक्सीहरू इञ्जिन विस्थापन 2,000 सिसी वा सोभन्दा बढी रहेको उच्चश्रेणीका यात्रु सवारी साधनहरू हुन्। तिनीहरू प्रायः कालो रंगका हुन्छन् र मुख्य रूपमा सियोल महानगर क्षेत्रमा सञ्चालन गर्दछन्। मूल भाडा KRW 7,000 (सियोलमा 3 किलोमिटरसम्मका लागि) तोकिएको छ, जुन साधारण ट्याक्सीको तुलनामा निकै महँगो हो।
(3)भ्यान ट्याक्सी
यी ट्याक्सी 9 मानिसहरू बोक्न सक्ने गरी पर्याप्त ठूला छन् र तपाईंको धेरै सामान भएमा यिनीहरू धेरै सुविधाजनक हुन सक्छन्। तपाईं भ्यान सेवालाई कल गरेर आफुलाई पिक अप गर्न बोलाउन सक्नुहुनेछ, किनभने सबै भ्यानहरूमा रेडियोको जडान हुन्छ। आधार दर एउटा लक्जरी ट्याक्सीको बराबर अर्थात 7,000 KRW भए तापनि, शुल्क चालक र यात्रुहरूमाझ कुराकानी गरेर तय गर्न सकिन्छ।
04व्यक्तिगत कार
यात्री वाहन साधारण घरपरिवारले राखेका कार हुन्। सानो कारदेखि लिएर ठूलो कारसम्म यात्री वाहनहरुका विविध प्रकार छन्। यिनीहरूको मूल्य लाखौं मिलियन वोनदेखि लिएर दस लाखौं मिलियन वोनसम्म छ।
चालकको लाइसेन्स कसरी प्राप्त गर्ने
सवारीचालक अनुमतिपत्र कसरी प्राप्त गर्ने :
- 1परिवहन सुरक्षा शिक्षा : चालक लाइसेन्स परीक्षा केन्द्रको परिवहन सुरक्षा शिक्षा केन्द्र वा यातायात सुरक्षा शिक्षा सङ्ठन (संस्थाहरु) को रूपमा नियुक्त स्थानहरूले यातायात सुरक्षा शिक्षा कार्यक्रम सञ्चालन गर्दछन्।
- 2शारीरिक जाँच (सङ्गत शुल्क अलग्गै लगाइन्छ)
- 3लिखित परीक्षणको लागि आवेदन
लिखित परीक्षणको लागि आवेदन | आवश्यक कागजातहरू | सेवा शुल्क |
| आवेदन फारम (6 महिनाभित्र खिचिएको पासपोर्ट साइजको रंगीन फोटो 3 प्रति), नागरिकता(स्वीकार्य आईडीहरूको भित्र पर्ने) | KRW 10,000 (मोटरसाइकलको लागि KRW 8,000) |
- 4लिखित परीक्षण (※ लिखित परीक्षाको लागि आवेदन पेश गर्नु अघि यातायात सुरक्षा शिक्षा पूरा गर्नुपर्छ) : सबै 40 प्रश्नहरूको जवाफ चिन्हित गरेर परीक्षण गर्नहोस्।
- सम्भावित भाषाहरू : कोरियालीदेखि बाहेक 3 देशका भाषा (अङ्ग्रेजी, चिनियाँ, भियतनामी)
- 5कार्यात्मक परीक्षणको लागि आवेदन : कागज परीक्षणमा सफल हुने वा पहिले व्यावहारिक परीक्षणमा असफल हुने उम्मेद्वारहरू कार्यात्मक परीक्षण लिन योग्य हुन्छन्।
कार्यात्मक परीक्षणको लागि आवेदन | आवश्यक कागजातहरू | सेवा शुल्क |
आवेदन फारम, नागरिकता ※ प्रतिनिधित्व गर्नेको पहिचान कार्ड वा एजेन्टको पहिचान कार्ड | - 1,2 प्रकारको सामान्यलाइसेन्स : KRW 25,000
- 1प्रकारको ठूलो.विशेषलाइसेन्स : KRW 25,000
- मोटरसाइकल : KRW 10,000
- 2 प्रकारको सानो : KRW 14,000
|
- 6कार्यात्मक परीक्षण : प्रशिक्षार्थी आफैले सवारी साधन चलाएर ड्राइभिङ कोर्स उत्तीर्ण भएपछि दिइने परीक्षा
- 7परीक्षण चालकको अनुमतिपत्र जारी गर्ने : वर्ग वर्ग लाइसेन्स लिनको लागि कार्यात्मक परीक्षण पास भयो भने फील्ड परीक्षण ड्राइभिङ अभ्यास गर्न पाउने परीक्षण चालकको अनुमतिपत्र पाउदछ।
- 8क्षेत्र ड्राइभिङ् परीक्षणको लागि आवेदन : क्षेत्र ड्राइभिङको अभ्यास पूरा गरिसकेपछि, परीक्षण चालकका अनुमतिपत्र धारकले क्षेत्र ड्राइभिङ परीक्षणको लागि आवेदन गर्नुपर्छ, र त्यसपछि परीक्षणको मिति र समय तोकिन्छ।
- 9फील्ड परीक्षण ड्राइभिङ : उम्मेदवारहरुले क्षेत्र ड्राइभिङ परीक्षणको लागि आफ्नो आवेदन पेश गर्दा तोकिएको परीक्षण मितिमा परीक्षण केन्द्रले क्षेत्र ड्राइभिङ परीक्षण लिन्छन्।
- 10चालक अनुमतिपत्र जारी गर्ने : चालक अनुमतिपत्र अन्तिम परिक्षामा पास भयो भने सवारीचालक अनुमतिपत्र जारी गरिन्छ (वर्ग 1 ठूलो, वर्ग 1 नियमित, वर्ग 1 विशेष, वर्ग 2 नियमित, वर्ग 2 सानो, वर्ग 2 मोटरसाइकल)।
विदेशी लाइसेन्सलाई कोरियाली लाइसेन्समा नविकरण
विदेशी प्रामाणिक संस्थाद्वारा जारी सवारीचालक अनुमतिपत्र धारकले दूतावासको पुष्टि सहित पेश कागजातहरूको माध्यमबाट पुष्टि भएपछि, धारकले योग्यता परीक्षण र शैक्षिक जाँच पार गरि यो देशको लाइसेन्स संग फेर्न पाउनेछ । विदेशी लाइसेन्सको वैधता केवल म्याद समाप्त हुने म्याद पार नभएका पूर्ण लाइसेन्सको लागि मात्रै मान्य हुन्छ। अस्थायी लाइसेन्स, शिक्षार्थी अनुमतिपत्र, अल्पकालीन लाइसेन्स, परीक्षाकालीन लाइसेन्स, ड्राइभिङ परमिट र ड्राइभिङ प्रमाणपत्र कोरियाली लाइसेन्ससँग साट्न सकिंदैनन।
- स्थान : राष्ट्रव्यापी चालक अनुमतिपत्र परीक्षण केन्द्र
- राष्ट्रिय पुलिस एजेन्सीले मे November 22, 2023 मा घोषणा गरेको मान्यता प्राप्त राष्ट्रहरूको सूची
- कोरियाली लाइसेन्सको लागि मान्यता राष्ट्र भनेको के हो?
थप परीक्षण बिनै स्थानीय लाइसेन्ससँग कोरियाली लाइसेन्स आदानप्रदान गर्न सक्ने राष्ट्र। हङकङ, ताइवान र गुवाम जस्ता स्वतन्त्र लाइसेन्स प्रणाली भएका क्षेत्रलाई राष्ट्रका श्रेणीमा समावेश गरिएको छ। कोरियाली लाइसेन्सको लागि मान्यता यस घोषणाद्वारा परिवर्तन गरिएको छ भने, यो नयाँ प्रणाली लागू हुनेछ। - कोरियाली लाइसेन्सका लागि मान्यता प्राप्त राष्ट्रबाट जारी गरिएको लाइसेन्स : योग्यता परीक्षण (शारीरिक परीक्षण) मात्र
- कोरियाली ड्राइभर लाइसेन्सको लागि गैर-मान्यता प्राप्त देश द्वारा जारी गरिएको लाइसेन्स: योग्यता परीक्षण र स्क्रीनिंग परीक्षण (बहु विकल्प, 40 प्रश्नहरू) कोरियाली, अंग्रेजी, चिनियाँ र भियतनामीमा उपलब्ध छ।
- ओरेगन र इडाहो राज्यहरू, संयुक्त राज्य अमेरिका एक मान्यता प्राप्त देश अन्तर्गत पर्छन्, तर यी राज्यका बासिन्दाहरूले परीक्षणहरू लिन आवश्यक छ।
आवश्यक कागजातहरू | वर्गीकरण | मान्य राष्ट्र | अमान्य राष्ट्र |
| विदेशीहरू, प्रवासी नागरिकहरू | - विदेशको सवारी चालक अनुमति पत्रको सक्कल प्रति
- पासपोर्टको सक्कल प्रति : प्रवेश र प्रस्थान मिति पुष्टि गर्न सकिने पासपोर्ट
- आवासीय कार्डको सक्कल प्रति (कोरियन मूलका विदेशीहरुको हकमा कोरियामा आवास दर्ता गरेको प्रमाण पत्र)s
- पछिल्लो 6 महिनामा खिचेको पासपोर्ट साइजको कलर फोटो (तोकिएको आकार मान्य हुनुपर्दछ)
- लाइसेन्सको बारेमा राजदूतावासले पुष्टि गरेको कागजात वा एपस्टिल कानूनी प्रमाणपत्र
- कोरिया प्रवेश तथा प्रस्थानको पुष्टि गर्ने प्रमाण पत्र (जन्म मितिदेखि हालको मितिसम्मको)
- शुल्क 8,000KRW (सरिरिक जाच छुट्टै)
| - विदेशको सवारी चालक अनुमति पत्रको सक्कल प्रति
- पासपोर्टको सक्कल प्रति : प्रवेश र प्रस्थान मिति पुष्टि गर्न सकिने पासपोर्ट
- आवासीय कार्डको सक्कल प्रति (कोरियन मूलका विदेशीहरुको हकमा कोरियामा आवास दर्ता गरेको प्रमाण पत्र)
- पछिल्लो 6 महिनामा खिचेको पासपोर्ट साइजको कलर फोटो (तोकिएको आकार मान्य हुनुपर्दछ)
- लाइसेन्सको बारेमा राजदूतावासले पुष्टि गरेको कागजात वा एपस्टिल कानूनी प्रमाणपत्र
- कोरिया प्रवेश तथा प्रस्थानको पुष्टि गर्ने प्रमाण पत्र (जन्म मितिदेखि हालको मितिसम्मको)
- शुल्क18,000 KRW (सरिरिक जाच छुट्टै)
|
आवश्यक कागजातहरू | वर्गीकरण | मान्य राष्ट्र | अमान्य राष्ट्र |
| कोरियाली स्थायी बासिन्दाहरू, स्थायी बासिन्दाहरू | - विदेशको सवारी चालक अनुमति पत्रको सक्कल प्रति
- पासपोर्टको सक्कल प्रति : पासपोर्टमा लगाइएका छाप आदि मार्फत लाइसेन्स जारी गर्ने देशमा 90 दिन वा सोभन्दा बढी बसोबास गरे नगरेको पुष्टि गर्न मिल्ने हुनु पर्दछ।
- नागरिकताको सक्कल प्रति (प्रवासी कोरियनको परिचय पत्रको सक्कल प्रति संलग्न)
- पछिल्लो 6 महिनामा खिचेको पासपोर्ट साइजको कलर फोटो (तोकिएको आकार मान्य हुनुपर्दछ)
- लाइसेन्सको बारेमा राजदूतावासले पुष्टि गरेको कागजात वा एपस्टिल कानूनी प्रमाणपत्र
- कोरिया प्रवेश तथा प्रस्थानको पुष्टि गर्ने प्रमाण पत्र (जन्म मितिदेखि हालको मितिसम्मको)
- शुल्क 8,000KRW (सरिरिक जाच छुट्टै)
| - विदेशको सवारी चालक अनुमति पत्रको सक्कल प्रति
- पासपोर्टको सक्कल प्रति : पासपोर्टमा लगाइएका छाप आदि मार्फत लाइसेन्स जारी गर्ने देशमा 90 दिन वा सोभन्दा बढी बसोबास गरे नगरेको पुष्टि गर्न मिल्ने हुनु पर्दछ।
- नागरिकताको सक्कल प्रति (प्रवासी कोरियनको परिचय पत्रको सक्कल प्रति संलग्न)
- पछिल्लो 6 महिनामा खिचेको पासपोर्ट साइजको कलर फोटो (तोकिएको आकार मान्य हुनुपर्दछ)
- लाइसेन्सको बारेमा राजदूतावासले पुष्टि गरेको कागजात वा एपस्टिल कानूनी प्रमाणपत्र
- कोरिया प्रवेश तथा प्रस्थानको पुष्टि गर्ने प्रमाण पत्र (जन्म मितिदेखि हालको मितिसम्मको)
- शुल्क18,000KRW (सरिरिक जाच छुट्टै)
|
- लाइसेन्सको बारेमा दूतावासले जारी गरेको पुष्टी पत्र वा एपस्टिल कानूनी प्रमाणपत्र : विदेशी चालक लाइसेन्सको प्रमाणीकरणको पुष्टि गर्नको लागि, कोरियामा रहेको सम्बन्धित देशको राजदूतावास तथा स्मबन्धित देशमा रहेको कोरियाली राजदूतावासले कोरियन तथा अंग्रेजी भाषामा जारी गरेको प्रमाण पत्र तथा अपोस्टेल सम्मेलनको सदस्य राष्ट्र (स्थानीय देश) बाट कोरियन वा अंग्रेजी भाषामा जारी गरिएको प्रमाणपत्र
- लाइसेन्सको दूतावासद्वारा पुष्टि वा एपस्टिल कानूनी प्रमाणपत्रजारी गरेको मितिदेखि 1 वर्षको लागि मान्य हुन्छ। यो म्याद समाप्त हुने मिति पुष्टि गकेको कागतमा देखिन्छ र त्यहाँ 1 वर्षभन्दा कम छ भने, त्यही म्याद समाप्त हुने मिति लागू हुनेछ।
- राजदुतावासबाट प्राप्त लाइसेन्सको पुष्टिपत्रमा ‘आधिकारिक रुपमा सक्कली प्रमाण नभएको’ भनेर उल्लेख भएमा साटेर पाउन असंभव छ।
- क्यानाडाको लाइसेन्स साटेर लिनको लागी ‘क्यानाडाबाट प्राप्त गाडी चलाएको रेकर्ड प्रमाणपत्र’ र ’दुताबासको पुष्टि प्रमाणपत्र’ सँगै पेश गर्नुपर्छ।
- कोरियामा रहेको अमेरिकी दूतावास/ब्रिटिस दूतावास/हङकङ/फिनल्याण्ड दूतावास/अस्ट्रियामा रहेको कोरियाली महावाणिज्य दूतावासले ड्राइभर इजाजतपत्रका लागि दूतावास प्रमाणीकरण/पुष्टिहरू जारी गर्न बन्द गरेको छ, त्यसैले ड्राइभर इजाजतपत्रको लागि अपोस्टिल कन्फर्
- सवारीचालक अनुमतिपत्रमा जारी गरिएको र समाप्ति मितिको उल्लेख छैन भने, यो लाइसेन्स जारी गर्ने प्रसासिनिक संस्थाले यसको पुष्टि गर्न सक्ने कागजातहरू, जस्तै "ड्राइभिङ् अनुभवको प्रमाणपत्र" प्रस्तुत गर्नुपर्छ।
- अध्यागमनको प्रविष्टि प्रमाणपत्र र पासपोर्ट : प्रविष्टिको प्रमाणपत्रको प्रवेश टिकटमा र पासपोर्टमा आवेदकले 90 दिन वा त्योभन्दा बढी लाइसेन्स जारी गर्ने देशमा बसोबास गरेको हो, र आवेदक त्यहाँ विदेशी लाइसेन्स जारी गरेको मितिमा थिए भन्ने पुष्टि गर्नुपर्छ।
- पासपोर्ट तथा कोरिया प्रवेश एवं प्रस्थानको रेकर्ड पुष्टि गर्ने प्रमाण पत्रद्वारा 90 दिन वा सोभन्दा बढी बसोबास गरे नगरेको पुष्टि हुन नसकेमा सम्बन्धित व्यक्तिको विश्वविधालय भर्ना गरिएको प्रमाण पत्र, रोजगारी प्रमाण पत्र, ट्याक्स बिल आदिबाट पुष्टि गर्न मिल्ने भएकोले अन्य व्यक्तिको नाममा आधारित कागजात मार्फत पुष्टि गराइएमा मान्य हुने छैन।
- 90 दिन वा सोभन्दा कम अवधिका बासिन्दाहरूले निवासी एलियनको रूपमा दर्ता नगरेकाहरूले आफ्नो विदेशी इजाजतपत्रहरू घरेलु इजाजतपत्रहरूको लागि साट्न सक्दैनन् (एलियन दर्ताबाट छुट बाहेक)।
- देशी बासिन्दा भनेको त्यो व्यक्ति हो जसको पञ्जीकरण कानून दफा 6 अन्तर्गत बासिन्दाको रूपमा दर्ता भएको छ।
- विनिमयको रूपमा जारी भएको लाइसेन्स
- विदेशी लाइसेन्ससँग विनिमयद्वारा जारी लाइसेन्स कोरिया वर्ग 2को नियमित लाइसेन्समा सीमित छ।
- आपसी पहिचान सम्झौता अन्तर्गत विभिन्न नियमहरु भएका देश (बेल्जियम, पोल्याण्ड, स्पेन, इटाली) बाट जारी गरिएका लाइसेन्सलाई सम्बन्धित वर्गको लाइसेन्ससँग विनिमय गर्न सकिन्छ।
- अन्य : प्रोक्सी नभएको रसिद (हङकङ, ताइवान र गुवाम जस्ता स्वतन्त्र लाइसेन्स प्रणाली भएका क्षेत्रहरू राष्ट्रको वर्गमा समावेश छन्।)
- सावधानी : विगतमा लिएको कोरियाको सवारी चालक अनुमति पत्र रद्द भएको छ भने, रद्द भएको व्यक्तिले 6 घण्टा विशेष सवारी सुरक्षा तालिमको कक्षा लिनु पर्दछ। (तर, योग्यता परीक्षण समय सकेर खारेज भएको खण्डमा यातायात सुरक्षा तालिमको कक्षा लिनु पर्दैन)
अन्तर्राष्ट्रिय लाइसेन्स
अन्तर्राष्ट्रिय लाइसेन्स | श्रेणी | सामग्रीहरू |
| आवश्यकताहरु | - व्यक्तिगत रूपमा आवेदन गर्ने सन्दर्भमा: पासपोर्ट (प्रतिलिपि स्वीकृत), ड्राइभर लाइसेन्स, विगत 6 महिना भित्र खिचिएको 1 पासपोर्ट साइजको फोटो प्रदान गर्नुहोस् (3.5x4.5 सेन्टिमिटर, पासपोर्टको लागि मात्र फोटोहरू स्वीकार गरिन्छ)
- एक एजेन्ट मार्फत आवेदन को मामला मा: आवेदकको परिचयपत्र (मूल), विगत 6 महिना भित्र खिचेको 1 पासपोर्ट साइजको फोटो (3.5x4.5 सेमी, पासपोर्ट साइजको तस्बिर मात्र स्वीकृत), एजेन्टको पहिचान (मूल), प्रोक्सीको शक्तिको प्रमाण
- यदि एजेन्ट विदेशमा बसिरहेको छ, एक प्रविष्टि प्रमाणिकरण प्रमाणपत्र पनि पेश गर्नुपर्छ।
- कोरियाली पासपोर्ट भएका कोरियालीहरूको हकमा, सार्वजनिक सूचना साझेदारीको प्रयोगमा सहमति दिएर पासपोर्ट (प्रतिलिपि) हटाउन सकिन्छ।
- विदेशी नागरिकता भएको कोरियाली ड्राइभर लाइसेन्स धारकको लागि अन्तर्राष्ट्रिय चालक लाइसेन्सको मुद्दामा जानकारी
- आवश्यक कागजातहरू: पासपोर्ट, ड्राइभर लाइसेन्स, विदेशी दर्ता कार्ड वा घरेलु निवास दर्ताको प्रमाणपत्र, विगत 6 महिना भित्र खिचेको 1 पासपोर्ट साइजको फोटो (3.5x4.5 सेमी, पासपोर्ट साइजको फोटो मात्र स्वीकार गरिन्छ)
|
| स्थान | राष्ट्रभरिका चालक अनुमतिपत्र परीक्षण केन्द्र र प्रहरी स्टेशन |
| समाप्तिको म्याद | जारी गरेको मितिबाट 1 वर्ष |
| शुल्क | 9,000 KRW |
| सावधानी | - अन्तर्राष्ट्रिय लाइसेन्स अझै मान्य भए तापनि (म्याद समाप्त हुने मिति पार भएको छैन भने), अन्तर्राष्ट्रिय सम्झौता वा सम्बन्धित देशको प्रासङ्गिक नियमहरूका सामग्रीहरू अन्तर्गत सम्बन्धित देशमा प्रवेशको 1 वर्ष पछि अप्रभावी भएको मानिन सकिन्छ। अन्तर्राष्ट्रिय लाइसेन्ससँग ड्राइभिङ गर्दा धारकसँग आफ्नो कोरियाली लाइसेन्स र पासपोर्ट हुनुपर्छ।
- संयुक्त राज्य अमेरिका सहित धेरैजसो देशहरुमा अन्तर्राष्ट्रिय लाइसेन्ससँग तर कोरियाली लाइसेन्स र पासपोर्ट बिना ड्राइभिङ गरेमा लाइसेन्सरहित ड्राइभिङ्को रूपमा दण्डनीय मानिन्छ। त्यसैले, ड्राइभिङ गर्दा अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिट, कोरियाली लाइसेन्स र पासपोर्ट सबै 3वटा छन् भन्ने निश्चित गर्नुहोस्।
- अमेरिका·क्यानाडा जस्तो देशको सन्दर्भमा प्रत्येक क्षेत्रको ट्राफिक कानून अनुसार अन्तर्राष्ट्रिय लाइसेन्सको मान्यताको प्रभुत्व फरक हुने भएको कारण अवश्य पनि दुतावास मार्फत भ्रमण गर्ने क्षेत्रमा अन्तर्राष्ट्रिय लाइसेन्सले सवारी चलाउन संभव भए नभएको पक्का गर्नुहोस।
- अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिटमा भएका नामको अङ्ग्रेजी हिज्जे र पासपोर्टमा देखिने हिज्जे फरक छ भने, या अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिटमा भएको हस्ताक्षर पासपोर्टमा भएको हस्ताक्षरभन्दा भिन्नै छ भने अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिट अवैध मानिन्छ।
- कोरियाई लाइसेन्सको निलम्बन भएको समयमा, कुनै व्यक्तिले एउटा विदेशी देशद्वारा जारी गरेको अन्तर्राष्ट्रिय ड्राइभिङ् लाइसेन्ससँग कोरियामा ड्राइव गर्न पाउँदैन। (सन्दर्भ खण्ड 3, रोड यातायात ऐनको दफा 96)
- कोरियामा मान्य लाइसेन्सको प्रकार "अन्तर्राष्ट्रीय ड्राइभिङ् परमिट" हो र "अन्तर्राष्ट्रीय ड्राइभिङ् लाइसेन्स" प्रयोग गर्न पाउँदैन।
- कोरिया जेनेभा सभाको सदस्य हो। त्यसैले, कुनै व्यक्तिले सिद्धान्त सिद्धान्त अनुसार, जेनेभा सभाको अर्को राष्ट्रबाट जारी गरिएको मान्य अन्तरराष्ट्रिय लाइसेन्ससँग प्रवेशदेखि लिएर 1 वर्षसम्म कोरियामा ड्राइव गर्न सक्छ। तथापि, जनवरी 1, 2002बाट लागू गरेर कोरियाले भियना सभाका सदस्यहरूद्वारा जारी गरिएको मान्य अन्तर्राष्ट्रिय लाइसेन्ससँग ड्राइभिङ गर्ने अनुमति पनि दिएको छ, र अवधि पनि प्रविष्टिदेखि 1 वर्ष छ।
- कोरियामा जारी गरिएको अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिटको प्रयोग गरेर जेनेभा सभाका सदस्य राष्ट्रहरूमा ड्राइभिङ्को अनुमति छ
- जेनेभा र भियना सभाका सदस्य राष्ट्रहरूले जारी गरेको अन्तर्राष्ट्रिय ड्राइभिङ् परमिट प्रयोग गरेर कोरियामा ड्राइभिङ् गर्ने अनुमति छ। (तर, भियतनाममा चाहि ड्राइभिङ गर्न असम्भब)
- चीन चाहिं जेनेभा तथा भियना कन्भेन्सनको सदस्य राष्ट्र नभएपनि, उसको “ एक देश, दुई नीति प्रणाली अनुसार बेलायतको अधिनबाट फिर्ता गरिएको हङकङ (सन् 1997 जुलाई 1 तारिख) तथा पोर्चुगलको अधिनबाट फिर्ता गरिएको मकाउ(सन् 1999 डिसेम्बर 20 तारिख)बाट जारी गरिएको अन्तरराष्ट्रिय चालक प्रमाण पत्रलाई मान्यता दिइने भएकोले त्यस्ता लाइसेन्सद्वारा कोरियामा सवारी साधन चलाउन वैधता प्रदान गरिएको छ।
- छुट्टाछुट्टै सन्धि र सम्झौताहरूमा निर्भर गर्दै, भियतनाम र ताइवानमा अन्तर्राष्ट्रिय ड्राइभर इजाजतपत्रको साथ ड्राइभ गर्न पनि सम्भव छ, तर दूतावासमा रहेको अन्तर्राष्ट्रिय ड्राइभर इजाजतपत्र जानकारी वा 'सेफ ड्राइभिङ इन्टिग्रेटेड सिभिल पिटिशन' लाई कसरी प्रयोग गर्ने र ड्राइभिङका प्रकारहरू अनुमति दिइएको छ भन्ने जानकारीको लागि सन्दर्भ गर्न नबिर्सनुहोस्।
|
आईसी ड्राइभर लाइसेन्स
IC चालक लाइसेन्स के हो?
- मोबाइल ड्राइभर लाइसेन्स जारी गर्ने कार्यसँग सुसज्जित वास्तविक ड्राइभर लाइसेन्स।
- यो लाइसेन्स फोटो को तल मा एक मोबाइल आईडी को आइकन संग मानक चालक लाइसेन्स देखि बुझ्न सकिन्छ।
आईसी ड्राइभर लाइसेन्स : 항목, 내용을 포함한 표입니다. | वस्तु | सामग्री |
| आवेदन स्थल | - राष्ट्रिय ड्राइभिङ इजाजतपत्र परीक्षा केन्द्र वा प्रहरी स्टेशनमा गएर आवेदन दिनुहोस्
- सडक यातायात निगमको सेफ ड्राइभिङ इन्टिग्रेटेड सिभिल पिटिशन सेन्टर मार्फत आवेदन दिनुहोस् (यद्यपि, यदि माथिको परीक्षण केन्द्र र प्रहरी स्टेशनहरू इच्छित प्राप्त गर्ने स्थानको रूपमा तोकिएका छन् भने)
|
| आवश्यकताहरु | - ड्राइभर लाइसेन्स (यदि चालकको लाइसेन्स हराएको छ भने, आईडी कार्ड आवश्यक छ।)
- यदि आवेदक व्यक्तिगत रूपमा लागू हुन्छ भने मोबाइल ड्राइभर लाइसेन्स स्वीकार्य छ।
- यद्यपि, अनसाइट जारी गर्नका लागि आवेदन दिँदा, मोबाइल ड्राइभर लाइसेन्सको लागि लाइसेन्स फोटो उपयुक्त हुँदैन, त्यसैले पुन: जारीको लागि आवेदन आवश्यक हुन सक्छ। यस अवस्थामा, गत 6 महिना भित्र खिचेको 1 पासपोर्ट आकारको फोटो (3.5X4.5cm) पेश गर्नुपर्नेछ (योग्यता परीक्षण वा नवीकरणको मामलामा 2 पानाहरू)
|
| शुल्क | KRW 21,000 प्रवीणता परीक्षण अनुरोध गर्दा / KRW 15,000 एक नवीकरण, पुन: जारी वा पुन: जारी अनुरोध गर्दा |
| अन्य | - मोबाइल ड्राइभर लाइसेन्सको रूपमा, दुई भन्दा बढी मोबाइल फोनहरू ट्यान्डममा प्रयोग गर्न सकिँदैन।
- स्मार्टफोन परिवर्तनको लागि, मोबाइल आईडी एप मेटाउने, वास्तविक ड्राइभर लाइसेन्स परिवर्तन, र मोबाइल ड्राइभर लाइसेन्स प्रयोग गर्नको लागि मोबाइल ड्राइभर लाइसेन्स (3 वर्ष) को म्याद समाप्ति, IC ड्राइभर लाइसेन्सको साथ पुन: जारी गर्ने वा अनसाइट जारी गर्न आवेदन आवश्यक छ।
|
मोबाइल ड्राइभर लाइसेन्स
मोबाइल चालक लाइसेन्स को एक अनसाइट जारी के हो?
- वास्तविक चालक लाइसेन्स परिवर्तन नगरी मोबाइल चालक लाइसेन्स प्राप्त गर्ने तरिका।
- ड्राइभर लाइसेन्स परीक्षण केन्द्रमा गएर आवेदन दिनुहोस् र मोबाइल चालक लाइसेन्स प्राप्त गर्नुहोस्।
मोबाइल ड्राइभर लाइसेन्स : 항목, 내용을 포함한 표입니다. | वस्तु | सामग्री |
| आवेदन स्थल | - सियोल सिओबु ड्राइभर लाइसेन्स टेस्ट सेन्टर र डेजियन ड्राइभर लाइसेन्स टेस्ट सेन्टर
|
| आवश्यकताहरु | - चालक लाइसेन्स (यदि चालकको लाइसेन्स हराएको छ भने, आईडी कार्ड आवश्यक छ।)
- यदि आवेदक व्यक्तिगत रूपमा लागू हुन्छ भने मोबाइल ड्राइभर लाइसेन्स स्वीकार्य छ।
- यद्यपि, अनसाइट जारी गर्नका लागि आवेदन दिँदा, मोबाइल ड्राइभर लाइसेन्सको लागि लाइसेन्स फोटो उपयुक्त हुँदैन, त्यसैले पुन: जारीको लागि आवेदन आवश्यक हुन सक्छ। यस अवस्थामा, गत 6 महिना भित्र खिचेको 1 पासपोर्ट आकारको फोटो (3.5X4.5cm) पेश गर्नुपर्नेछ (योग्यता परीक्षण वा नवीकरणको मामलामा 2 पानाहरू)
|
| शुल्क | KRW 1,000 - यद्यपि, अनसाइट जारी गर्नका लागि विशेष रूपमा आवेदन गर्दा, मोबाइल ड्राइभर लाइसेन्सको लागि लाइसेन्स फोटो उपयुक्त हुँदैन, त्यसैले पुन: जारीको लागि आवेदन आवश्यक हुन सक्छ। यस अवस्थामा, आवश्यक अतिरिक्त सेवाहरूको कारण शुल्क लगाउन सकिन्छ
|
| अन्य | - मोबाइल ड्राइभर लाइसेन्सको लागि, एकै समयमा दुई भन्दा बढी मोबाइल फोनहरू प्रयोग गर्न सकिँदैन
- स्मार्टफोन परिवर्तनको लागि, मोबाइल आईडी एप मेटाउने, वास्तविक चालक लाइसेन्स परिवर्तन, र मोबाइलको म्याद समाप्त ड्राइभर लाइसेन्स (3 वर्ष) मोबाइल ड्राइभर लाइसेन्स प्रयोग गर्न, IC ड्राइभर लाइसेन्सको साथ पुन: जारी वा अनसाइट जारीको लागि आवेदन आवश्यक छ।
|
कोरियाली चालक अनुमति पत्रको उदाहरण
अन्तर्राष्ट्रिय चालक अनुमति पत्रको उदाहरण
अझ बिस्तृत कुराहरु (www.koroad.or.kr) अथवा (☎1577-1120) मा फोन गरि बुझ्न सकिन्छ।
05रेलगाडीहरु
रेलगाडिहरु धेरै तीव्र गतिका हुन्छन्, र यिनीहरूले तपाईंलाई कोरियाका लगभग सबै प्रमुख शहरहरूमा पुर्याउन सक्छन्। यिनीहरू बस र सबवेसँग राम्ररी जोडिएका छन्, जसले गर्दा तपाईं सजिलै आफ्नो अन्तिम गन्तव्यसम्म पुग्न सक्नुहुनेछ।, उच्च गति रेल को(KTX.SRT), से माउल, मुगुङ्हा आदी छ।
(1)(1) टिकट लिने प्रक्रिया
इन्टरनेट (www.letskorail.com) मार्फत र कोरेलतोक एब मार्फत सुविधाजनक आरक्षण गर्न सक्नुहुन्छ। ट्रेन स्टेशनको टिकट काउन्टर, टिकट बेच्ने मशिन आदि मार्फत टिकट बुकिङ गर्न सक्नुहुन्छ। 24सै घण्टा (इन्टरनेट) आरक्षण गर्न सक्नुहुन्छ र यो एक महिना अघिदेखि लिएर रेलगाडीको प्रस्थान अघि देखि बुकिङ गराउन सकिन्छ। रेलगाडीमा यात्रा गर्ने बेला टिकट साथमा लिनु पर्दछ।
(2)तिब्र गतिको रेल (KTX∙SRT) को प्रयोग
KTX∙SRT छिट्टो गतिमा अधिराज्यलाइ 2 घन्टाको जीवनीसंग सम्बन्धित गर्ने सुरक्षित आरामदायी स्वस्थ यात्रु साधन हो। साधारण र बिशेष सिट भई सौचालय, दुध खुवाउने कोठा, खानेकुराको मिसिन आदि सुबिधाहरु छन्। साथै इन्टरनेट, प्लग जोड्ने जस्ता सुबिधाको प्रयोग गर्न सकिन्छ
उपयोगी जानकारी
- KTX लाइन (ग्याग्बुसन, होनाम्सन, ग्यंगजनसन, जल्ला लाइन, गाङरुङ लाइन) ‘लेचखोरेल’ (www.letskorail.com) होमपेजको ‘रेल स्टेसन जा नकारी’ मेन्यु अ थवा ‘खोरेलथोक’ एब डाउन गरेर हेर्न सकिन्छ।
- SRT लाइन (ग्याग्बुसन, होनाम्सन) ‘SR(etk.srail.co.kr)’ को ‘ईयोङ्ग आन्ने > रेल स्टेसन जानकारी > रेल लाइन जानकारी’ बाट बुझ्न सकिन्छ।
06एयरलाइन्स
हवाईजहाजद्वारा लामो यात्रा गर्दा समयको बचत हुन्छ, तर यो यातायातका अन्य साधनहरूको तुलनामा धेरै महँगो हुन्छ। घरेलु विमानहरू सियोल -बुसान, सियोल-जेजु, सियोल-उल्सन, सियोल- ग्वांगजु, सियोल- साछन, सियोल -यसु, आदि सञ्चालित न्छन। हवाई टिकट फोन वा इन्टरनेट मार्फत अग्रिम नै बुक गर्न सकिन्छ।
(1)अन्तर्राष्ट्रीय हवाई अड्डाहरू
(2)घरेलु हवाई अड्डाहरू
(3)प्रमुख विदेशी विमानहरू
प्रमुख विदेशी विमानहरू | देशको नाम | एयरलाइनको नाम | फोन | देशको नाम | एयरलाइनको नाम | फोन |
| ताइवान | जुङ्गहवा एयरलाइन्स | 02-317-8888 | जापान | जापान एयरलाइन्स | 02-757-1711 |
| कोरिया | कोरिया एयरलाइन्स | 1588-2001 | जापान | ANA एयरलाइन्स | 02-2096-5500 |
| कोरिया | आसिआना एयरलाइन्स | 1588-8000 | चीन | गिलसाङ एयरलाइन्स | 051-463-0093 |
| कोरिया | एयर बुसान | 1666-3060 | चीन (हङकङ) | द्रेगोन एयरलाइन्स | 1644-8003 |
| कोरिया | इस्ता एयरलाइन्स | 1544-0080 | चीन | चीन अन्तरराष्तृय एयरलाइन्स | 02-774-6886 |
| कोरिया | जेजु एयरलाइन्स | 1599-1500 | चीन | चीन दक्षिण एयरलाइन्स | 1899-5539 |
| कोरिया | जिन एयर | 1600-6200 | चीन | चीन साङहाइ एयरलाइन्स | 1661-2600 |
| कोरिया | तिवे एयरलाइन्स | 1688-8686 | चीन | चीन साङहाइ एयरलाइन्स | 1661-2600 |
| लाओस | 라오 एयरलाइन्स | 02-6357-0808 | कम्बोडिया | स्काइ आङकोर एयरलाइन्स | 02-752-2633 |
| रूस | याखुतिया एयरलाइन्स | 02-335-6944 | थाईल्याण्ड | थाई एयरवेज | 02-3707-0114 |
| मंगोल | मङ्गोलियन एयरलाइन्स | 02-756-9761 | फिलिपीन | सेबू फेसिफिक | 02-6105-2037 |
| भियतनाम | भियतनाम एयरलाइन्स | 02-757-8920 | फिलिपीन | फिलिपीन एयरलाइन्स | 1544-1717 |
| जापान | फिजी एयरलाइन्स | 02-2023-6764 | भियतनाम | बिएतजेट एयरलाइन्स | 02-319-4560 |