दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1644-6621
한국생활안내 정보더하기 사이트로 이동

सार्वजनिकस्वास्थ्यकेन्द्रहरू

  • Home
  • स्वास्थ्यरस्वास्थ्यहेरचाह
  • सार्वजनिकस्वास्थ्यकेन्द्रहरू

सार्वजनिकस्वास्थ्यकेन्द्रहरू

स्थानीय जनताको स्वास्थ्य सुधआर गर्न, रोगको रोकथाम र व्यवस्थित गर्न स्थापित स्वास्थ्य चेक गर्ने ठाउलाई सार्वजनिक स्वास्थ्य केन्द्र भनिन्छ। सार्वजनिक स्वास्थ्य केन्द्रका दायित्वहरुमा स्वास्थ्य चेक गर्ने, सरुवा र घातक रोगहरुको रोकथाम र व्यवस्थापन गर्ने, सामान्य उपचार गर्ने, परीक्षण गर्ने, जनता र खाद्यान्नको सरसफाई व्यवस्थापन गर्ने, प्रशासनिक कार्यमा जनताको स्वास्थ्य र औषधीलाई व्यवस्थित गर्दै सहयोग पुर्याउने हुन। स्वास्थ्य सुधार सेवा अन्तर्गत सार्वजनिक स्वास्थ्य केन्द्रले दीर्घकालिन रोगको उपचार गर्ने, फिजिकल थेरापी, दाँतको उपचार तथा ओरिएन्टल स्वास्थ्य सेवा प्रदान गर्ने कार्य गर्दछन्। स्थानीय सरकारले स्थापना र सन्चालन गरेको हुनाले यीनको दायरा, स्कोप, र उपचार खर्च फरक पर्न सक्नेछ। पूर्ण जानकारीको लागि तपाईंको क्षेत्रको पब्लिक हेल्थ्केयर सेन्टर (सार्वजनिक स्वास्थ्य सेवा केन्द्र) मा सम्पर्क गर्नुहोला।

01सामान्य उपचार

सामान्य उपचार
प्रकार विवरण
स्वास्थ्य उपचारको स्कोप आधारभूत सामान्य स्वास्थ्य हेरचाह, दीर्घरोगका विविध परीक्षण जस्तै उच्च रक्तचाप, मधुमेह, र फिजिकल थेरापी
ओरिएन्टल स्वास्थ्य उपचार काउन्सेलिङ तथा ओरिएन्टल श्वास्थ्य हेरचाह सेवा
दाँतको उपचार मुखको स्वास्थ्य परिक्षण, काउन्सेलिङ, रोकथामका उपाय, दाँतका खाडल भर्ने तथा दाँत निकाल्ने
औषधोपचार खर्च स्थानीय स्वास्थ्य केन्द्रमा हुन आउने शुल्क तथा स्वास्थ्य खर्च क्षेत्रीय जनस्वास्थ्य ऐनको धारा 25 अनुसार स्थानीय अध्यादेशमार्फत तय गरिएको हुन्छ।

02सार्वजनिक स्वास्थ्य केन्द्रको स्वास्थ्य व्यवस्थापन कार्यक्रम

नर्स〮 फिजिकल थेरापिस्ट 〮पोषण बिशेषज्ञ आदि सार्वजनिक स्वास्थ्य केन्द्रका विशेषज्ञहरु स्वस्थ्य देखबाल सेवा प्रयोग गर्न कठिनाइ भएका समाज〮सस्कृति〮आर्थिक कमजोर भएका व्यक्ति तथा 65बर्ष बढि भएका एक्लो बुडाबुढी, 75बर्ष भन्दा बढि भएका बृद्ध दम्पति परिवारलाई मध्यनजर गरेर यस्ताको घरमा भ्रमण गरेर दिर्घकालिन रोग प्रबंधन आदि स्वास्थ्य व्यवस्थापन कार्यक्रम प्रदान गर्ने कारिक्रम होǀ

(1)सेवाग्राही

  • स्थानीय नागरिकले स्वास्थ्य सेवामा सजिलै पहुँच गर्न नसक्ने र स्वास्थ्य सेवा चाहिन्छ*
    • धुम्रपान, बारम्बार मद्यपान, अनियमित खानपान र शारीरिक क्रियाकलापको कमीसँग सम्बन्धित आफ्नो स्वास्थ्य अवस्था सुधार गर्न आवश्यक पर्ने नागरिकहरू, साथै स्वास्थ्य जोखिम र रोग समूहहरू जो उच्च रक्तचाप, मधुमेह र मोटोपनाबाट पीडित छन्।
  • (प्राथमिकता समूहहरू) 65 वर्ष वा माथिका ज्येष्ठ नागरिकहरू, राष्ट्रिय आधारभूत जीविकोपार्जन सुरक्षा प्राप्तकर्ताहरू, कम आय भएका परिवारहरू, एकल ज्येष्ठ नागरिकहरू, बहुसांस्कृतिक परिवारहरू, एकल-अभिभावक परिवारहरू, हजुरबुबा-हजुरआमा-मुख्य परिवारहरू, उत्तर कोरियाली भाग्नेहरू, दीर्घकालीन बिरामीहरू जो उपेक्षित छन्, र दीर्घकालीन रोगहरू भएका स्वास्थ्य जोखिम समूहहरू।
    • दीर्घकालीन हेरचाहको लागि योग्य मानिने ज्येष्ठ नागरिकहरू बाहेक (ग्रेड 1-5)

(2)सेवाका किसिम

  • स्वास्थ्य समस्या परीक्षण (स्वास्थ्य आनिबानी तथा जोखिम तत्त्वहरू पहिचान गर्ने)
  • दीर्घकालिन रोगको व्यवस्थापन (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटुसम्बन्धी रोग, आदि) र जटिलताबाट रोकथाम
  • घरमा भएका अपांग तथा जिवनचक्र अनुसार (नवजात शिशु, शिशु, गर्भवती स्त्री, वयश्क, वृद्ध, आदि) स्वास्थ्य समस्याको समाधान तथा अपाङ्गहरूको पुनर्स्थापना
  • बहुसांस्कृतिक परिवार तथा उत्तर कोरियाली शरणार्थीको स्वास्थ्य उपचार सेवा
  • स्वास्थ्य सुधार सम्बन्धि शिक्षा सञ्चालन

(3)सेवा दिने तरीका

  • क्षेत्र भित्रका सार्बजनिक स्वास्थ्य सेवा केन्द्र घुम्ती स्वास्थ्य सेवा सम्बन्धित डिभिजनले घरघरमै बिरामी भेट्छǀ
  • ‌तोकिएको कर्मचारिले घरमा गएर बिरामीको जीवनयापन गर्ने वातावरण र उसको स्वास्थ्यमा जोखिम पार्ने कुराको छानविन गर्छǀ
  • बिष्लेषण नतिजाको आधारमा गहन व्यवस्थापन समूह, नियमित व्यवस्थापन समूह, आत्म-क्षमता समूहमा छुट्याइन्छǀ
  • छुट्याइए अनुसार गहन तरिकाले घुम्ती स्वास्थ्य सेवा कारिक्रम गर्ने तथा सार्बजनिक स्वास्थ्य सेवा केन्द्र भित्र बाहिरि श्रोत सग जोडने गर्छǀ
    लाभार्थी छनौट
    स्वास्थ्य समस्या पहिचान​
    घरमै स्वास्थ्य भ्रमण​

03नि:शुल्क मानसिक स्वास्थ्य सेवा

मानसिक स्वास्थ्य कल्याण सुधार केन्द्रल मानसिक रोगको रोकथाम, मानसिक रोग लागेका बिरामी पहिचान गर्ने, परामर्श तथा पुनर्स्थापना सेवा प्रदान गर्ने, मानसिक स्वास्थ्य सम्बन्धि शिक्षा तथा विज्ञापन गर्ने सेवा प्रदान गर्छ। डिप्रेसन, मानसिक स्वास्थ्य बिग्रेका र ड्रगको दुर्व्यसनमा फसेकाहरुले नजिकैको मानसिक स्वास्थ्य कल्याण केन्द्रमा गई परामर्श तथा मद्धत लिन सक्नेछन्।

(1)सेवाग्राहि

  • ‌मानसिक बिरामीको दर्ता तथा व्यवस्थापन कार्यक्रम निश्चित क्षेत्रका मानसिक रोगीहरुलाई लक्षित गरी बनाइन्छ।
  • ‌मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रमहरूले स्थानीय बासिन्दाहरूमा मानसिक रोगको लागि उच्च जोखिम समूहहरूलाई लक्षित गर्दछ।

(2)चलाउने प्रकृया र तरिका

‌साधारणतया मानसिक स्वास्थ्य कल्याण केन्द्र सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखी बेलुका छ बजेसम्म खुला रहन्छन्, तापनि स्थानीय परिस्थिती अनुसार यो समय फरक हुन सक्छ।
‌सेवा प्रयोग गर्ने तरीका
  • ‌मानसिक स्वास्थ्य कल्याण केन्द्र भ्रमण गर्नुहोस् र दर्ता आवेदन लेख्नुहोस्।
  • ‌मानसिक स्वास्थ्य कल्याण केन्द्र ‌पहिलोपटक जानेलाइ काउन्सेलिङ तथा मानसिक परिक्षण गरिन्छ, र नतिजाको आधारमा कार्यक्रम छनोट गरिन्छन्।
  • मानसिक स्वास्थ्य केन्द्रको सेवाको बारेमा कुनै जानकारी चाहिएमा मानसिक कल्याण स्वास्थ्य काउन्सेलिङ केन्द्र (☎1577-0199) मा फोन गर्नुहोला।
‌सेवा शुल्क :
निःशुल्क (धेरै उपचार खर्च लाग्ने विशेष कार्यक्रमको लागी थोरै सेवा शुल्क लाग्नेछ)
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”