दानुरी कल सेन्टर
1577-1366
पारिवारिक परामर्श कल
1644-6621
한국생활안내 정보더하기 사이트로 이동

कोरियाकोशिक्षाप्रणाली

  • Home
  • बालबालिकाकोशिक्षा
  • कोरियाकोशिक्षाप्रणाली

कोरियाकोशिक्षाप्रणाली

01कोरियाको शिक्षा प्रणाली

कोरियाको शिक्षा प्रणालीले प्राथमिक शिक्षामा माध्यमिक विद्यालयको तीन ग्रेड तथा माध्यमिक विद्यालयको तीन वर्ष तथा विश्वविद्यालयको चार वर्ष (वा कलेजको दुई वर्ष) समावेश गर्छ । प्राथमिक विद्यालयको छ-वर्षे पाठ्यक्रम तथा मध्यमिक विद्यालयको तीन-वर्षे पाठ्यक्रमलाई अनिवार्य शिक्षा हो र निशुल्क हुन्छ। कोरियाको शिक्षा प्रणालीले प्राथमिक शिक्षामा 6 वर्ष माध्यम विद्यालयको 3 वर्ष माध्यमिक विद्यालयको 3 वर्ष विश्वविद्यालयको 4 वर्ष (कलेजको 2 वर्ष) समावेश गर्छ । प्राथमिक विद्यालयको 6-वर्षे माध्यम विद्यालयको 3-वर्षे पाठ्यक्रम अनिवार्य शिक्षा को रुपमा सन्चालन गरिन्छ।

02शिक्षा प्रणालीको सञ्चालन

कोरियामा, शैक्षिक वर्षलाई दुई सेमेस्टरमा विभाजन गरिएको छ। पहिलो सेमेस्टर मार्च 1 देखि विद्यालयका दिन, बिदा र शैक्षिक पाठ्यक्रमको संख्यालाई ध्यानमा राखेर विद्यालय प्रिन्सिपलले तोकेको मितिसम्म हो। दोस्रो सेमेस्टर पहिलो सेमेस्टरको अन्तिम दिन पछिको दिनमा सुरु हुन्छ र अर्को वर्षको फेब्रुअरीको अन्तिम दिन समाप्त हुन्छ। सामान्यतया, पहिलो सेमेस्टर मार्चको शुरुमा सुरु हुन्छ, र दोस्रो सेमेस्टर अगस्टको अन्त्य र सेप्टेम्बरको शुरुमा सुरु हुन्छ। प्रारम्भिक, मध्य र हाई स्कूलका लागि शैक्षिक पाठ्यक्रमलाई दुई खण्डहरूमा विभाजन गरिएको छ: मानक पाठ्यक्रम र स्व-प्रारम्भिक रचनात्मक सिकाइ गतिविधिहरू।

03प्रवासी पृष्ठभूमि भएका विद्यार्थीहरूका लागि शैक्षिक सहायता

कोरियन भाषा कक्षाहरू (भ्रमण कोरियन भाषा कक्षा, प्रारम्भिक कोरियन भाषा पाठ्यक्रम आदिहरू)

प्राथामिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूले विद्यालय उमेर समूहका प्रवासी पृष्ठभूमि भएका विद्यार्थीहरू र विदेशी विद्यार्थीहरूलाई कोरियाली भाषा तथा संस्कृतिको अध्ययन सहायता गर्न कोरियाली भाषा कक्षाहरू सञ्चालन गर्दछन्। (2024 को तथ्याङ्कअनुसार) देशभरि 359 विद्यालयमा 526 वटा कोरियन भाषा कक्षा सञ्चालनमा रहेका छन् र तपाईंको बालबालिकाको विद्यालयले कोरियन भाषा कक्षा उपलब्ध गराउँदैन भने स्थानीय संस्थाहरूमा भिजिटिङ कोरियन भाषा कक्षा वा प्रारम्भिक कोरियन भाषा पाठ्यक्रममार्फत कोरियन भाषा सिक्न सकिने व्यवस्था छ। तपाईंले आफ्नो क्षेत्रमा कोरियन भाषा कक्षासम्बन्धी जानकारी स्थानीय सहर/प्रदेश शिक्षा कार्यालय अथवा राष्ट्रिय बहुसांस्कृतिक शिक्षा केन्द्र (www.edu4mc.or.kr) मार्फत प्राप्त गर्न सक्नुहुन्छ।

सबैका लागि कोरियाली, अनलाइन कोरियाली भाषा शिक्षा कार्यक्रम

कोरियन फर एभ्रिवन (korean.edunet.net) मार्फत, विद्यालय उमेर समूहका प्रवासी पृष्ठभूमि भएका विद्यार्थी तथा विदेशी विद्यार्थीहरूले कम्प्युटर र ट्याब्लेट प्रयोग गरी आफ्नो कोरियाली भाषा दक्षता मूल्याङ्कन गर्न र उनीहरूको आवश्यकतानुसार तयार पारिएको सामग्रीमार्फत जुनसुकै बेला कोरियाली भाषा अध्ययन गर्न सक्दछन्। तपाईंको बालबालिकाले कोरियाली भाषा कक्षामा नाम दर्ता गराएको भए नभएपनि यसलाई प्रयोग गर्न सक्नु हुने छ।

द्विभाषिक शिक्षा कार्यक्रम

द्विभाषी शिक्षालाई सहज बनाउन र सुधार गर्न द्विभाषी पाठ्यपुस्तकहरू र ई-पुस्तकहरू विकास र वितरण गरिन्छ। द्विभाषी वक्तृत्व प्रतियोगिता हरेक वर्ष आयोजना गरिन्छ। तपाईं द्विभाषी पाठ्यपुस्तकहरू को इ- पुस्तक संस्करणहरू (आमा र बुबासँग सिक्न भाषा *, आदि) डाउनलोड गर्न MiraeAsset Park Hyeon Joo Foundation (foundation.miraeasset.com) वा राष्ट्रिय बहुसांस्कृतिक शिक्षा पोर्टल (www.edu4mc.or.kr) मा जान सक्नुहुन्छ। द्विभाषी भाषण प्रतियोगिताले हरेक डिसेम्बरको सुरुमा हुने राष्ट्रिय प्रतियोगिताको साथमा विद्यालयद्वारा सञ्चालित र स्थानीय प्रतियोगिताहरू मार्फत विद्यार्थीहरूलाई छनोट गर्छ।

  • मिराइ एसेट पार्क ह्युन जू फाउन्डसेनका लागि चिनियाँ, भियतनामी, जापानी र तागालोगका चार भाषाहरू स्थापना गरिएका छन्, र रुसी, कम्बोडियन, थाई, मङ्गोलियन र इन्डोनेसियन गरी पाँच भाषाहरू बहुसांस्कृतिक शिक्षा पोर्टलमा स्थापना गरिएका छन्।
प्रवासी पृष्ठभूमि भएका विद्यार्थीहरूका लागि स्नातक तहका विद्यार्थीद्वारा मार्गदर्शन प्रदान गर्ने व्यवस्था

आधारभूत शैक्षिक क्षमता वा कोरियाली भाषा दक्षताको अभाव भएका प्रवासी पृष्ठभूमिका विद्यार्थीहरूलाई विद्यालयमा सजिलै समायोजन हुन तथा शैक्षिक सीप सुधार्न स्नातक तहका विद्यार्थीहरूसँग एक–एक गरी जोडी बनाई सहायता गरिन्छ। स्नातक तहका विद्यार्थी मार्गदर्शकले प्रवासी पृष्ठभूमि भएका विद्यार्थी जाने विद्यालय वा सेवा केन्द्रमा कक्षा सकिएपछि वा विद्यालय छुट्टिका समयमा गई शैक्षिक ट्युटरिङ तथा विद्यालय जीवनमा मिलाउने तरिकासम्बन्धी मार्गदर्शन गर्ने सहायता प्रदान गर्छन्। विद्यालय वा सामुदायिक बाल हेरचाह केन्द्रमार्फत आवेदन गरी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ।

जानी राखौं।
बैकल्पिक बहुसांस्कृतिक शिक्षण संस्था

अध्ययन छोडेका तथा व्यक्तिगत विशेषतामा मिल्ने खालको शिक्षा लिन चाहने बहुसांस्कृतिक परिवारका विधार्थीको लागि शैक्षिक स्तर मान्यता दिने बैकल्पिक विधालय संचालित छन्।

बैकल्पिक बहुसांस्कृतिक शिक्षण संस्था
शिक्षण संस्थाको नाम तह विशेषता शैक्षिक शुल्क सम्पर्क नंबर
ग्लोबल भिलेज विधालय
(सिओल गुरोगुमा अवस्थित)
(www.globalsarang.com)
एलमेन्टरी स्कूल · मिडल स्कूल · हाइस्कूल
  • कोरियन भाषा, अंग्रजी, दोश्रो विदेशी भाषा एकैसाथ सिक्ने विशेष बहुभाषिय शैक्षिक कार्यक्रम संचालन
नि:शुल्क 02-6910-1004
सउल दासोम पर्यटन माध्यमिक विधालय
(सउल दासोम विधालय, सउल जोङरोगुमा अवस्थित)
(www.sds.hs.kr)
माध्यमिक
  • रोजगार सम्बन्धी क्षमता अभिवृद्दि गराउनको लागि व्यवसायीक शिक्षा र कोरियन भाषा कक्षा संचालन
  • पर्यटन सामाग्री विभाग तथा पर्यटन सेवा विभाग संचालन
नि:शुल्क 070-8685-7798
कोरिया पोलिटेक दासोम माध्यमिक विधालय
(छुङबुक जेछनमा अवस्थित)
(dasom.kopo.ac.kr)
माध्यमिक
  • प्राविधिक सिकाई तथा रोजगारी क्षमता अभिबृद्दि गर्नको लागि व्यवसायीक शिक्षा
  • कम्प्युटर इन्जिनियरिङ विभाग, इन्जिनियरिङ प्लानट जडान विभाग, स्मार्ट ईलेक्ट्रिकल अपरेशन विभाग संचालन
  • सबै विधार्थी छात्रवासमा बस्न मिल्ने
नि:शुल्क (छात्रवास नि:शुल्क) 043-649-2800
इन्छन हान्नुरी विधालय
(इन्छन नामदोङगुमा अवस्थित)
(segyero.icesc.kr)
प्राथमिक, निम्न माध्यमिक, माध्यमिक
  • कोरियन भाषा शिक्षा, विविध विशेषता बोकेका कार्यक्रमहरु (शैक्षिक उपलब्धी, क्यारियर निर्माण प्रकृया, अनुभव गतिविधि) संचालन
  • प्राथमिक तहको कक्षा 5 भन्दा माथिका सबै विधार्थी छात्रवासमा बस्न मिल्ने
प्राथमिक, निम्न माध्यमिक : नि:शुल्क
माध्यमिक : सशुल्क
(छात्रवास शुल्क छुट्टै)
032-442-2104
032-442-2109
हेमिल विध्यालय
(गाङ्वन्दो होङ्छन् गुनमा अवस्थित)
(haemillschool.com)
माध्यमिक
  • आवाशिय सुविधा भएको सानो विध्यालय (प्रत्येक कक्षामा 20जना)
  • बहुसांस्कृति परिवारका विद्या र्थी र कोरियन विधार्थी सँगै पढ्ने
  • कोरियन भाषा र अन्य दुई भाषामा शिक्षा (चिनिया, जापानिज)
  • तरकारी खेती र कृषि गतिविधी
निशुल्क (छात्रावास शुल्क समेटेको) 033-433-8761
अन्तर्राष्ट्रिय विद्यालय

अन्तर्राष्ट्रिय विद्यालय विदेशीको बालबच्चा र विदेशमा 3वर्ष भन्दा बढी बसेर फर्केका कोरियन विध्यार्थी तथा कोरियन भाषा मा कमजोर भएर सामान्य विद्यालयमा शिक्षा ग्रहण गर्न कठिन भएका कोरियन नागरिकता अपनाएका परिवारको बालबच्चाको निमित्त शिक्षण संस्था हो। वर्तमान सञ्चालनमा भएका अन्तर्राष्ट्रिय विध्यालय 38वटा छन्, सउलमा 17, ग्यङ्गीमा 6, बुसानमा 5, इन्छनमा 2, ग्यङनाममा 2, थेगुमा 2, थेजन·ग्वाङजु·उल्सान·गाङ्वन 1 वटा छन्।

  • देशभरका विदेशी विद्यालयहरूको हालको स्थिति प्रत्येक वर्ष शिक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिन्छ।
भर्नाहुने मापदण्ड
  • आमाबुबा दुबै वा कुनै एक जना विदेशी हुनुपर्ने
  • विदेशमा 3 वर्षभन्दा बढी बसेका कोरियाली नागरिक (बहुल राष्ट्रियता भएका समेत)
  • निम्न कारणले सामान्य विध्यालय पढ्न मुश्किल भएका कोरियन नागरिकता लिएको विदेशिको बच्च (विध्यालयसञ्चालन समितिको निर्णय आवश्यक)
    • कोरियन भाषाको स्तर निम्न भइ कक्षा लिन नसक्ने विध्यार्थी
    • सांस्कृतिक भिन्नाताको कारण विध्यालयमा घुलमिल हुन समस्या भोगेका विध्यार्थी
    • यस भन्दा बाहेक धाउने विध्यालयमा निरन्तर अध्ययन गर्न नसक्ने विध्यार्थी
भर्ना प्रकृया
  • ‌प्रवेश परीक्षा प्रत्येक विद्यालयद्वारा सञ्चालन गरिन्छ, त्यसैले विशेष प्रवेश विधि, आवश्यक कागजात, प्रवेश अवधिहरू आदिको जानकारीका लागि अग्रिममा प्रत्येक विद्यालयमा सोधपुछ गर्नुपर्छ।
    • विदेशी विद्यालय स्थिति विवरणमा उल्लिखित प्रत्येक विद्यालयको सम्पर्क नम्बर र इमेल ठेगानाका लागि शिक्षा मन्त्रालयको वेबसाइट (www.moe.go.kr) हेर्नुहोस्।
    • शिक्षा मन्त्रालयको वेबसाइट –> नीति –> विदेश (विदेश अध्ययन) शिक्षा –> खोज बाकसमा ‘विदेशी विद्यालय’ टाइप गर्नुहोस्
    • विकसित उद्योग प्रविधि नवप्रवर्तन विशेष ऐनअनुसार वाणिज्य, उद्योग तथा ऊर्जामन्त्रीद्वारा तोकिएका विकसित उद्योगहरूमा कार्यरत विदेशी प्रतिभाहरूका नाबालिग सन्तानहरूलाई उत्कृष्ट विदेशी प्रतिभाहरूलाई कोरियामा सहिलै बसोबास गर्न सहायता पुर्‍याउन नियमित कोटाभन्दा बाहिर विदेशी विद्यालयहरूमा प्रवेश दिन मिल्ने व्यवस्था गरिएको छ।
    • K-Tech पास आवेदन तथा प्रक्रियासम्बन्धी सोधपुछ र जानकारी: ☎ 02-3460-7388 / www.kotra.or.kr/ck_kor
अन्तर्राष्ट्रिय शिक्षा संस्था तथा विदेशी विद्यालयको होमपेज
  • ‌विदेशी शैक्षिक संस्था तथा विदेशी विद्यालयहरू समग्र परिचय सेवा (www.isi.go.kr) को वेबसाइटले प्रत्येक विदेशी विद्यालयको विद्यार्थी संख्या, संकाय सदस्य संख्या, स्नातकहरूको करियर मार्ग र ट्यूसन शुल्कसमेत विस्तृत जानकारी उपलब्ध गराउँछ।
यो काम शर्त “KOGL (कोरिया ओपन सरकार लाइसेन्स) टाइप 4 : स्रोत संकेत + वाणिज्यिक उपयोग को निषेध + परिवर्तन को निषेध को अनुसार प्रयोग गर्न सकिन्छ”